Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

राष्ट्रपति पौडेल विराटनगर जाँदै

राष्ट्रपति पौडेल विराटनगर जाँदै

  • 140
    SHARES
  • राष्ट्रपति पौडेल विराटनगर जाँदै

    विराटनगर । राष्ट्रपति रामचन्द्र पौडेल आज विराटनगर जाने भएका छन् । शनिबार नेपाल उद्योग परिसंघ कोशी प्रदेशले आयोजना गर्ने प्रजातन्त्र सेनानीहरूको सम्मान तथा उद्योगीहरूको भेलालाई सम्बोधन गर्न उनी विराटनगर जान लागेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

    पौडेल बिहान ११ वजे विराटनगर पुग्ने कार्यक्रम तय भएको छ । उनले विराटनगरस्थित एक होटलमा केही समय त्यहाँका राजनीतिक तथा औद्योगीक क्षेत्रका व्यक्तिसँग भेटघाट समेत गर्नेछन् ।

    राष्ट्रपति पौडेल परिसंघको कार्यक्रममा सहभागी बनेर आजै दिउँसो काठमाडौं फर्कने सचिवालयले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij