Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

भूमिहीन  बादी समुदायलाई खाद्यान्न सहयोग

भूमिहीन  बादी समुदायलाई खाद्यान्न सहयोग

  • 931
    SHARES
  • भूमिहीन  बादी समुदायलाई खाद्यान्न सहयोग

    सुर्खेत । वीरेन्द्रनगर नगरपालिका-११ सुर्खेतस्थित झुप्रा खोला किनारमा बस्दै आएका भूमिहीन बादी समुदायलाई खाद्यान्न सहयोग गरिएको छ । विसं २०४५ देखि बस्दै आएका ती समुदायका ११६ सहित १४५ घरधुरीलाई ‘विलिभर्स ईस्टर्न चर्च कोहलपुर डायोसिस नेपाल’द्वारा खाद्यान्न  सहयोग गरिएको हो । वडाध्यक्ष नन्दलाल शर्माले खोलाको किनारमा बस्दै आएको बादीलाई समुदायलाई ठूलो सहयोग भएको जनाए ।

    करिब १२ किलोमिटर टाढाको विद्यालयमा जान बादी बालबालिकाहरुलाई समस्या भएकोले आगामी आवमा बस किन्न उनको भनाई थियो । बादी समुदायमा रोग भन्दा भोकको समस्या अत्यधिक भएको अवस्थालाई बुझेर १४५ घरधुरीमा प्रति घरधुरी एक/एक बोरा चामल सहयोग गरिएको डायोसिस सेक्रेटरी ईश्वर लामाले जानकारी दिए ।  

    विलिभर्स चर्च सुर्खेतका अगुवा पूर्ण वर्देवाले वडा सरकारसँगको समन्वयमा गरिएको खाद्यान्न सहयोगबाट बादी तथा अन्य विपन्न नागरिकहरु लाभान्वित भएको बताए । स्थानीय हरिबहादुर बादीले मजदुरी खोसिएर हातमुख जोर्न धौ–धौ हुँदापनि कसैले नसम्झेको दुःखेसो राखे । 

    ती समुदायका तारा, डिला र आशा बादीले सरकारले पोषणका कुरा गरिरहँदा आफूलाई पेट कसरी भर्ने भन्ने चिन्ताले सताएको गुनासो गरे । 'यही खोलाको गिटी बालुवा चालेर बेच्ने गथ्र्यौं । त्यही काम वडा सरकारले रोकेको छ,' डिलाले भने,'खोला किनारमा गर्ने मजदुरी खोसिएपछि अब हामी कसरी बाँच्ने ?' खानेपानी नपाएर खोलाकै दुषित पानी खानुपर्ने बाध्यता भएको उनीहरुको दुःखेसो थियो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij