एजेन्सी
नयाँ दिल्ली । भारतमा कोभिडका कारण पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु भएको छ । कर्नाटकमा दुई र गुजरातमा एक जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
नयाँ वर्षको पूर्वसन्ध्यामा कोरोना भाइरसको संक्रमणमा लगातार वृद्धि भइरहेको छ । पछिल्लो २४ घण्टामा ५२९ नयाँ कोरोना संक्रमित थपिएका छन् ।
नीति आयोगका सदस्य डा वीके पलले कोभिडको नयाँ सब–भरियन्टको अनुसन्धान भइरहेको जानकारी दिए । यो नयाँ भेरियन्टबाट आत्तिनुपर्ने अवस्था भने छैन। किनकी ९२ प्रतिशत संक्रमित घरमै बसेर निको भइरहेका छन् । हाल भारतभरि कोभिडका ४,०९३ सक्रिय केसहरू छन् ।
अहिले नयाँ वर्षको बिदा मनाउन पर्यटकको संख्या बढिरहेको छ । चाडपर्वको सिजनलाई ध्यानमा राख्दै केन्द्रीय स्वास्थ्य सचिव सुधांश पन्तले कोभिड प्रोटोकल पालना गर्न र कोभिड केसहरू नियन्त्रण गर्न निर्देशन दिएका छन् ।
सुदूरपश्चिममा देखिन थाल्यो कोरोना संक्रमण, भेरियन्ट पत्ता लगाउन नमून काठमाडौं पठाइयो
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij