Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

चार दिनयता काभ्रेमा कोरोना संक्रमितको मृत्यु शून्य 

चार दिनयता काभ्रेमा कोरोना संक्रमितको मृत्यु शून्य 

  • 952
    SHARES
  • चार दिनयता काभ्रेमा कोरोना संक्रमितको मृत्यु शून्य 

    काभ्रेपलाञ्चोक । कोरोना संक्रमणको दोस्रो लहर सुरु भएयता करिब तीन महिनाको अवधिमा काभ्रेपलाञ्चोकमा १२० जनाको संक्रमितको मृत्यु भयो । यही अवधिमा जिल्लामा करिब आठ हजार जनामा कोरोना संक्रमण देखियो ।

    विगत चार दिनयता भने कोरोनाबाट जिल्लामा कसैको मृत्यु भएको छैन् । पछिल्ला केही हप्तादेखि कोरोना संक्रमण घट्दै जानु र संक्रमितलाई स्वास्थ्य संस्थाबाट पर्याप्त स्वास्थ्योपचार पाउनुले मृत्युको संख्या शून्यमा झरेको बताइएको छ । 

    अहिले यहाँ दैनिक संक्रमित हुनेको संख्या ४० को हाराहारीमा छ भने निको हुनेको संख्या करिब एक सय हुने गरेको कोभिड–१९ संक्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीसीएमसी)को दैनिक तथ्यांकमा उल्लेख छ ।

    गत वर्ष भने कोरोनाबाट जिल्लाका ४५ जनाको मृत्यु भएको थियो । कोरोनाकै कारण यहाँ हालसम्म १६५ जना को मृत्यु भएको छ । 

    हालसम्म जिल्लाका ११ हजार ६४ जनामा कोरोना संक्रमण भएको देखिन्छ । यसमध्ये तीन हजार गत वर्षका र करिब आठ हजार दोस्रो लहर सुरु भएयताका हुन् ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij