Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

तनहुँबाट विदेशी पर्यटक सम्पर्कविहीन

तनहुँबाट विदेशी पर्यटक सम्पर्कविहीन

  • 130
    SHARES
  • तनहुँबाट विदेशी पर्यटक सम्पर्कविहीन

    तनहुँ । बन्दीपुर गाउँपालिका-१ स्थित डुम्रे बजारबाट एक विदेशी पर्यटक सम्पर्कविहिन भएका छन् । क्यानडाका किल्क मिल्हौसेन तीन दिनदेखि सम्पर्कविहिन भएको प्रहरीले जनाएको छ ।

    पोखराबाट काठमाडौं जाने क्रममा मिल्हौसेन डुम्रे बजारमा झरेको र त्यसपछि सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । 

    बन्दीपुरस्थित पर्यटन प्रहरी कार्यालयले बन्दीपुरका पर्यटन तथा होटल व्यवसायीलाई निजको खोजतलासमा सहयोग गर्न आग्रह गरेको पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले जानकारी दिए ।

    उनले भने, ‘उहाँ चढेको गाडीमा उहाँको सामान थियो, सामान काठमाडौँ पुगेको छ । उहाँ डुम्रे बजारमा झरेपछि सम्पर्कविहीन भएको खबर आएको छ । खोजतलासका लागि हामीले पनि सहकार्य गरेका छौँ ।’

  • सम्बन्धित विषय:

  • # तनहुँ

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij