Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

नयाँ वर्षमा पिकनिक हिँडेका युवा सवार कार दुर्घटना हुँदा ६ जनाको मृत्यु 

नयाँ वर्षमा पिकनिक हिँडेका युवा सवार कार दुर्घटना हुँदा ६ जनाको मृत्यु 

  • 236
    SHARES
  • नयाँ वर्षमा पिकनिक हिँडेका युवा सवार कार दुर्घटना हुँदा ६ जनाको मृत्यु 

    नयाँ दिल्ली । नयाँ वर्षको पहिलो दिन नै भारतको झारखण्डमा ठूलो दुर्घटना भएको छ । जमशेदपुरको विष्टुपुर प्रहरी चौकी अन्तर्गत सर्किट हाउस राउन्डअबाउट नजिकै सोमबार बिहान भएको दुर्घटनामा परेर ६ युवाको मृत्यु भएको छ । मृत्यु हुने सबै २५ देखि ३० वर्ष उमेर समुहका भएको प्रहरीले जनाएको छ । उनीहरु नयाँ वर्षको अवसरमा पिकनिक खान कारमा जाँदै थिए ।

    बिहानै ५ बजे सुरजले चलाएको आफ्नै कारमा पिकनिकका लागि निस्किएका उनीहरुको विस्तुपुर राउन्डअबाउट नजिकै नियन्त्रण बाहिर गएर बिजुलीको पोलमा ठक्कर खाँदै रुखमा ठोक्किएको थियो । घटना थाहा पाएर प्रहरी पुगेर सबैलाई निकाल्दा ६ जनाको घटनास्थलमै मृत्यु भइसकेको थियो । कारमा सवार ७ मध्ये एक जनाको उपचार जारी छ ।

    पिकनिकमा हिँडेका सातै जना साथीहरु थिए । उनीहरू राति न्युइयर इभ मनाएर बिहान पिकनिक खान हिँडेको बताइएको छ । 

  • सम्बन्धित विषय:

  • # दुर्घटना

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij