Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

अमेरिकामा मृत्युदण्ड कार्यान्वनमा अस्थायी रोक

अमेरिकामा मृत्युदण्ड कार्यान्वनमा अस्थायी रोक

  • 665
    SHARES
  • अमेरिकामा मृत्युदण्ड कार्यान्वनमा अस्थायी रोक

    वाशिंटन । अघिल्लो सरकारको नीतिलाई उल्टाउँदै अमेरिकाको जो बाइडेन प्रशासनले मृत्युदण्डमा प्रतिबन्ध लगाएको छ । महान्याधिवक्ता मेरिक गारल्यान्डले यो आदेश जारी गरेका हुन् । गारल्यान्डको नेतृत्वमा देशको न्याय विभागले मृत्युदण्ड सम्बन्धी नीतिहरु परिवर्तन गर्दैछ ।

    बिहीबार गारल्यान्डले आदेश जारी गर्दै संघीय अदालतले सुनाएको मृत्युदण्डको सजाय कार्यान्वयन गर्न अस्थायी रुपमा प्रतिबन्ध लगाएको घोषणा गरे । गारल्याण्डले न्याय विभागलाई मृत्युदण्डको समीक्षा गर्न आदेश दिएका छन् ।

    अमेरिकामा अश्वेत र श्वेतहरूबीच यस सजायमा समानता नभएकाे आशंका रहेका कारण यसको समीक्षा गर्न आवश्यक रहेको वरिष्ठ अधिकारीहरुलाई पठाइएको सन्देशमा गारल्यान्डले बताए । उनले ठूलो संख्यामा मृत्युदण्ड सुनाईएको सजायलाई उल्टाइएको जानकारी दिएका छन् । 

    'संघीय फौजदारी न्याय प्रणालीको संविधान र अमेरिकाको कानूनले प्रदान गरेको अधिकारको दीर्घकालीन उपलब्धता भएकाे साथै याे निष्पक्ष र मानवीय रहेकाे न्याय विभागले सुनिश्चित गर्नुपर्दछ', गारल्याण्डले एक विज्ञप्तिमा भनेका छन् । यो समीक्षा समाप्त नभएसम्म मृत्युदण्डको सजाय लागू हुने छैन ।

    गारल्यान्डको यो निर्णय अमेरिकी सरकारको नीतिमा आएको ठूलो परिवर्तन हो । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको समयमा महान्यायधिवक्ता रहेका विलियम बारको कार्यकालमा धेरै व्यक्तिलाई मृत्युदण्डको सजाय सुनाइएको थियो ।

    केवल अन्तिम छ महिना जुलाई २०२० देखि जनवरी २०२१ बीच १३ जनालाई मृत्युदण्ड दिइयो । यो अमेरिकाको १२० वर्षको इतिहासमा रेकर्ड हो ।

    विश्वभरका मानव अधिकारकर्मीहरू मृत्युदण्ड अन्त्य गर्न संघर्ष गरिरहेका छन् । दोस्रो विश्वयुद्ध पछि यसको कार्यान्वयनमा उल्लेखनीय गिरावट आएको छ र १०७ देशहरूले यसलाई पूर्ण रूपमा खारेज गरेका छन् । तर पनि विश्वका ५४ देशमा अझै मृत्युदण्ड लागू छ । सात देशमा थोरै अपराधका लागि मात्र फाँसी दिइन्छ भने २७ देशमा पछिल्लो १० वर्षदेखि एक जनालाई पनि मृत्युदण्डको सजाय दिएका छैनन् । 
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij