Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

सर्लाही घटनाको छानबिन गर्न समिति गठन

सर्लाही घटनाको छानबिन गर्न समिति गठन

  • 171
    SHARES
  • सर्लाही घटनाको छानबिन गर्न समिति गठन

    काठमाडौं । सर्लाहीको बरहथवा नगरपालिकामा प्रदर्शनका क्रममा मानवीय क्षति भएको घटनाको छानबिन गर्न समिति गठन गरिएको छ ।

    उक्त घटनाका सम्बन्धमा सत्यतथ्य छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्न गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा आज तीन सदस्यीय समिति गठन गरिएको मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

    समितिमा प्रहरी नायब महानिरीक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीमबहादुर बुढाथोकी सदस्य रहेका छन् ।

    सर्लाहीमा यही पुस २० गते प्राथमिक स्वास्थ्य केन्द्र बरहथवालाई स्तरोन्नति गर्ने–नगर्ने भन्ने विषयलाई लिएर भएको प्रदर्शनका क्रममा बरहथवा नगरपालिका वडा नं ५ का ३० वर्षीय जयशंकर साहको मृत्यु भएको थियो ।

  • सम्बन्धित विषय:

  • # सर्लाही

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij