वेबटिभी खबर
काठमाडौं । गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, मकवानपुरका डिभिजनल वन अधिकृत दीर्घनारायण कोइरालाविरूद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
भियुक्त कोइरालाललाई गैरकानुनी सम्पत्ति आर्जन गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै रु एक करोड २५ करोड ९६ हजार तीन सय ५३ बिगो कायम गरी आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।
यस्तै नापी कार्यालय, बटवल, रुपन्देहीका तत्कालीन नापी निरीक्षक ध्रुवराम मरासिनीसमेत पाँचजना उपर गैरकानुनी लाभ तथा हानि एवं सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij