Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

पाँच विद्यार्थी संगठनले ७७ जिल्लामै विरोध प्रदर्शन गर्ने [विज्ञप्तिसहित]

पाँच विद्यार्थी संगठनले ७७ जिल्लामै विरोध प्रदर्शन गर्ने [विज्ञप्तिसहित]

  • 627
    SHARES
  • पाँच विद्यार्थी संगठनले ७७ जिल्लामै विरोध प्रदर्शन गर्ने [विज्ञप्तिसहित]

    काठमाडौं । राजनीतिक, संवैधानिक र शैक्षिक क्षेत्रमा भएको प्रतिगमनविरुद्ध आन्दोलनरत पाँच विद्यार्थी संगठनको शुक्रबार बसेको बैठकले ७७ जिल्लामै विरोध प्रदर्शन गर्नेलगायत ८ बुँदे आन्दोलनको कार्यक्रम तय गरेको छ ।

    बैठकपछि नेविसंघका अध्यक्ष राजिव ढुंगाना, अखिल (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङ, माधव नेपाल पक्षका अनेरास्ववियु अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ र अखिल (छैठौं) का अध्यक्ष विमल पोखरेलद्वारा जारी संयुक्त प्रेस नोटमा शनिबार ७७ जिल्लामै मशाल जुलुससहित प्रदर्शन गर्ने निर्णय भएको उल्लेख छ ।

    त्यसैगरी संविधान जोगाउन संविधानको प्रति प्रदर्शन गर्ने, त्रिविविले उच्च शिक्षा पढ्न बढाएको शुल्क फिर्ता नलिए आन्दोलन गर्ने, ज्यानको बाजी थापेर कोरोनाविरुद्ध अग्रपंक्तिमा लड्ने स्वास्थ्यकर्मीको सम्मानमा रत्नपार्कमा बनाएको चित्र काठमाडौं महानगरपालिकाले मेटेकामा मेयर विद्यासुन्दर शाक्यले माफि माग्नु पर्ने माग बैठकले गरेको छ ।  

    207176910_2899871800277907_9216514225270062920_n.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij