एजेन्सी
नयाँ दिल्ली । भारतको एउटा कम्पनीकी सिइओ चार वर्षीय छोराको हत्या अभियोगमा पक्राउ परेकी छिन् ।
उत्तर गोवाको एउटा होटलमा होटलमा बसेकी ३९ वर्षीया सूचना सेठलाई छोराको हत्या गरी लासलाई सुट्केसमा राखेर कर्नाटक जाँदै गर्दा सोमबार प्रहरीले पक्राउ गरेको हो । उनले आफ्नै छोराको हत्या किन गरिन भन्ने खुलेको छैन ।
होटलमा छोरासहित बसेकी उनी कर्नाटक फर्कनका लागि ट्याक्सी बोलाउन लगाएर एक्लै गएकी थिइन । उनलाई कर्नाटक प्लेनमा जान होटल कर्मचारीले सुझाव दिएका थिए । तर उनले नमानेर ट्याक्सी बोलाउन लगाएकी थिइन । उनी बसेको कोठामा सफाइ कर्मचारीले रगतको दाग देखेका थिए । छोरासहित बसेको भए पनि फर्कँदा एक्लै जानुजस्ता कुराले उनीमाथि होटलका कर्मचारीले शंका गरे । यो कुरा प्रहरीसम्म पुगेपछि उनका लागि होटलले बुक गरेको ट्याक्सीलाई फिर्ता बोलाएर प्रहरीले जाँच गर्दा सुट्केसमा उनको छोराको लाश भेटिएको थियो ।
प्रहरीले सुरुमा उनको छोराको बारेमा सोधपुछ गरेको थियो । उनले छोरा एउटा साथीको घरमा गएको भनेर झुक्याउन खोजिन । प्रहरीले उनले भनेको ठेगानामै गएर बुझ्दा झुट बोलेको पत्ता लाग्यो । त्यसपछि उनीमाथि केरकार सुरु गर्दा सुट्केसमा लाश रहेको पत्ता लागेको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij