Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

प्रियंकाको इन्स्टाको एउटा पोस्टबाटै ३ करोड कमाइ

प्रियंकाको इन्स्टाको एउटा पोस्टबाटै ३ करोड कमाइ

  • 665
    SHARES
  • प्रियंकाको इन्स्टाको एउटा पोस्टबाटै ३ करोड कमाइ

    मुम्बई । विश्वभर नै हलिउड र बलिउडका सेलिब्रटीहरु सामाजिक मिडियामा लोकप्रिय छन् । यी सेलिब्रेटीहरुको इन्स्टाग्राम, फेसबुक, ट्विटरमा करोडौं फलोअर्स छन् । कतिपय सेलिब्रेटीका लागि सामाजिक सञ्जाल कमाउने बाटो पनि बनेको छ ।

    हालै जारी गरिएको इन्स्टाग्राम रिच लिस्टको पहिलो नम्बरमा फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो छन् । रोनाल्डोका प्रशंसक विश्वभर छन् । उनका इन्स्टाग्राममा २९ करोड ५९ लाखभन्दा धेरै फलोअर्स छन् । रोनाल्डोले इन्स्टाको एक पोस्टबाट करिब १२ करोड कमाउँछन् । 

    भारतमा सबैभन्दा धेरै क्रिकेट खेलाडी विराट कोहलीले एक पोस्टको ५ करोड लिन्छन् । रिच लिस्टमा बलिउडका कलाकारमध्ये प्रियंका चोपडा सबैभन्दा अगाडि छन् । प्रियंका यो सूचीको २७ नम्बरमा छन् । उनले एक इन्स्टाग्राम पोस्टका लागि ३ करोड भारु लिन्छिन् । प्रियंकाबाहेक यस सूचीमा शीर्ष १०० मा अन्य कुनैै बलिउड सेलिब्रेटी छैनन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij