Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

एक सय ५१ जनाद्वारा रक्तदान

एक सय ५१ जनाद्वारा रक्तदान

  • 143
    SHARES
  • एक सय ५१ जनाद्वारा रक्तदान

    काठमाडौं । नेपाल आयल निगमको ५४औँ वार्षिकोत्सवको अवसर पारेर आज रक्तदान गरिएको छ । निगमको केन्द्रीय कार्यालय टेकुमा आयोजित कार्यक्रममा निगमका कर्मचारी, पूर्वकर्मचारी तथा कर्मचारी परिवारका एक सय ५१ ले रक्तदान गरेका थिए ।

    निगमले एक दशकदेखि प्रत्येक वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रम गर्दै आएको छ । अघिल्लो वार्षिकोत्सवमा कूल एक सय ३१ जनाले रक्तदान गरेका थिए । नेपाल रेडक्रास सोसाइटी रक्त सञ्चार सेवा, ताहाचलको प्रविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको निगमले जनाएको छ ।

    त्यस अवसरमा एक सय ७६औँ पटक रक्तदान गर्नुभएका प्रेमसागर कर्माचार्यले वार्षिकरूपमा कम्तीमा दुई पटक रक्तदान कार्यक्रम आयोजना गर्न सुझाव दिए ।

    निगमको रक्तदान कार्यक्रम उपसमितिका संयोजक विकास बखतीले रक्तदाता, नेपाल रेडक्रस सोसाइटी, रक्त सञ्चार विभागलगायत सम्पूर्ण सहयोगीमा धन्यवाद ज्ञापन गरेका थिए ।

    नेपालमा पेट्रोलियम पदार्थ कारोबारको एकाधिकार पाएको निगमले वार्षिकोत्सवको अवसर पारेर विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ । निगमले यही पुस २६ गते स्थापनाको ५४औँ वार्षिकोत्सव मनाउँदै छ ।

  • सम्बन्धित विषय:

  • # रक्तदान

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij