Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

बाह्र लाख मूल्य बराबरको काठ बरामद

बाह्र लाख मूल्य बराबरको काठ बरामद

  • 174
    SHARES
  • बाह्र लाख मूल्य बराबरको काठ बरामद

    राजविराज । सप्तरीबाट सशस्त्र प्रहरीले १२ लाख बराबरको काठसहित एक पिकअप गाडीलाई आज नियन्त्रणमा लिएको छ ।

    भारदहस्थित कोशी ब्यारेजबाट खटिएको सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस क्याम्पको प्रहरी टोलीले  काठसहित सो गाडी नियन्त्रणमा लिएको हो ।

    पश्चिमबाट पूर्वतर्फ गइरहेको प्र २-०१-००१च ०२६० नं को बोलेरो पिकअप गाडीलाई नियन्त्रणमा लिइएको सप्तरीस्थित सशस्त्र प्रहरी बल, नेपाल नं ६ गणका सूचना अधिकृत तथा सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज विष्टले जानकारी दिए ।

    गाडीमा बिनाबिलविजक लोड गरिएको २६ दशमलब ६६ क्यूविक फिट काठ बरामद गरिएको र नियन्त्रणमा लिइएको काठ तथा सवारीसाधनलाई सव डिभिजन वन कार्यालयमा बुझाइएको उनको भनाइ छ ।

  • सम्बन्धित विषय:

  • # बरामद

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij