Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

न्यूरोडमा आजदेखि पार्किङ निषेध

न्यूरोडमा आजदेखि पार्किङ निषेध

  • 164
    SHARES
  • न्यूरोडमा आजदेखि पार्किङ निषेध

    काठमाडौं । काठमाडौं महानगरपालिकाले मंगलबारदेखि न्यूरोड क्षेत्रको कालोपत्रे सडकमा सवारी पार्किङमा रोक लगाउने निर्णय गरेको छ ।

    महानगरले त्यसको विकल्पमा पूरानो बसपार्कस्थित काठमाडौँ टावरमा निःशुल्क पार्किङको व्यवस्था गरेको जनाएको छ ।

    सो टावरमा ३ सय वटा चार पाङ्ग्रे सवारी साधन र ७ सय वटा २ पाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिन्छ । महानगरपालिकाले यसअघि न्यूरोडका सडकमा खुला पार्किङ गर्ने र त्यसकालागि निजी कम्पनीहरुलाई टेण्डर दिने गरेको थियो ।

    महानगर प्रहरीका वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले भने, ‘आजदेखि पार्किङ निषेध गरेर ती ठाउँमा विशेष सरसफाई गर्ने योजना बनाएका छौँ । यसले सवारी आवागमनमा सहज बनाउने अपेक्षा गरेका छौँ ।’

    उनका अनुसार धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महावौद्ध, वीरअस्पताल आसपासको कालोपत्रे सडकमा पार्किङ निषेध गरिएको छ । 

  • सम्बन्धित विषय:

  • # न्यूरोड

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij