वेबटिभी खबर
काठमाडौं । नेकपा एमालेको विवाद समाधानका लागि पार्टी दोस्रो तहका नेता कोटेश्वरस्थित वरिष्ठ नेता माधव नेपालको निवास पुगेका छन् । संस्थापन पक्षले पार्टीलाई २ जेठ ०७७ को अवस्थामा पुयाउने निर्णय गरिसकेके पनि नेता नेपाल भने अझैसम्म आफ्ना शर्त पूरा नभएको भन्दै पार्टी बाहिरै छन् ।
यसैबीच नेपाललाई सहमतिमा ल्याएर एमालेमा ल्याउन शनिबार दिउँसो अध्यक्ष केपी शर्मा ओली र नेपालपक्षीय दोस्रो तहका नेता नेपाल निवास कोटेश्वर पुगेका हुन् । बुधबार बसेको एमालेको १० औं महाधिवेशन आयोजक कमिटीको बैठकपछि पनि संस्थापन र नेपालपक्षीय नेताहरु सम्वादमा जुटेका थिए ।
तर शुक्रबार बसेको एमोले केन्द्रीय कमिटी बैठकमा नेपाल पक्ष उपस्थित नभएपछि पार्टी विवाद थप चर्किएको छ । वरिष्ठ नेता नेपाललाई मनाउन पार्टी महासचिव घनश्याम भुसाललगायत नेता नेपालनिवास कोटेश्वर पुगेका छन् । नेपालसँगको वार्ता सकेर फर्किएपछि वार्ता थप अघि बढ्ने बताइएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij