Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

हृदयघातबाट उच्च अदालत पाटनका न्यायाधीश मरासेनीको निधन

हृदयघातबाट उच्च अदालत पाटनका न्यायाधीश मरासेनीको निधन

  • 221
    SHARES
  • हृदयघातबाट उच्च अदालत पाटनका न्यायाधीश मरासेनीको निधन
    काठमाडौं । हृदयघातका कारण उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासेनीको ५६ वर्षको उमेरमा मंगलबार बिहान निधन भएको छ । 
     
    बिहान साढे आठ बजेतिर हृदयघात भएपछि उनलाई उपचारका लागि कलंकीस्थित नेपाल नेशनल अस्पताल पुर्‍याइएको थियो । उपचारका क्रममा बिहान १० बजेतिर उनको निधन भएको उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिए ।
     
    उनका अनुसार न्यायाधीश मरासेनीकि छोरी पोखरामा भएकाले उनी पोखराबाट काठमाडौं आएपछि आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।

  • सम्बन्धित विषय:

  • # निधन

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij