Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

बस हाँकिरहेका चालकलाई अचानक हृदयघात भएपछि...

बस हाँकिरहेका चालकलाई अचानक हृदयघात भएपछि...

  • 248
    SHARES
  • बस हाँकिरहेका चालकलाई अचानक हृदयघात भएपछि...

    नयाँ दिल्ली । गुडिरहेको बसका चालकलाई अचानक हृदयघात हुँदा के होला ? यात्रुको ज्यान नै जोखिममा पर्छ । 

    भारतको पश्चिम बंगालमा यस्तै घटना भएको छ । तर चालकको समझदारीले बसका कुनै यात्रुलाई केही हुन पाएन । सबै यात्रु भने सकुशल रहे । 

    कोलकाताका तीर्थयात्रु लिएर बालासोरबाट निलगिरीमा रहेको पञ्चिलिङेश्वर जाँदै गरेको बसका चालकलाई अचानक हृदयघात भएको थियो । छातीमा हल्लका दुखेको महशुस हुनासाथ चालकले ब्रेक लगाएर गाडी छेउमा रोके । के भयो भनेर यात्रुहरु हेर्न पुग्दा उनी बेहोस भएर ढलेका थिए ।

    बसमा ६५ यात्रु थिए । चालकले ब्रेक लगाएर सडक किनारमा बस रोकेकाले सबै यात्रु सुरक्षित रहन सफल भए । चालकलाई तत्कालै अस्पताल लगिए पनि उनी बाँच्न सकेनन् । यात्रुले चालकलाई निलगिरी अस्पताल लगेको थिए । तर त्यहाँ चिकित्सकले उनलाई मृत घोषणा गरे ।

  • सम्बन्धित विषय:

  • # हृदयघात

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij