Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

पत्रकार मञ्चद्वारा स्वास्थ्य सामग्री प्रदान

पत्रकार मञ्चद्वारा स्वास्थ्य सामग्री प्रदान

  • 590
    SHARES
  • पत्रकार मञ्चद्वारा स्वास्थ्य सामग्री प्रदान

    काठमाडौं । नेपाल पत्रकार मञ्चले पत्रकारसँग आवद्ध संघसंस्थाहरूलाई कोभिड-१९ को संक्रमणका बेला प्रयोग हुने स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुर र दक्षिण एशियाली खेलकुल पत्रकार संघलाई शुक्रबार र कार्टुनिष्ट क्लवलाई बिहीबार पीपीई, मास्क, सेनिटाइजरलगायतका सामान प्रदान गरेको हो ।

    images

    यस्तै पत्रकारहरुलाई व्यक्तिगत रुपमा पनि यसप्रकार सामग्री वितरण गरेको मञ्चले जनाएको छ ।मञ्चले प्रदान गरेको स्वास्थ्य सामग्रीले आफ्ना सदस्यप्रति पूरा गर्नुपर्ने जिम्मेवारीमा राहत पुर्याएको महासंघ भक्तपुर शाखाका अध्यक्ष जगत प्रजापतिले बताए ।

    त्यस्तै खेलकुद पत्रकार संघका महासचिव राधेश्याम दाहालले मञ्चले गरेको संस्थागत साझेदारिताबाट आफूहरु लाभान्वित भएको उल्लेख गरे । महामारीका समयमा पत्रकारहरूमा पर्ने आर्थिक, सामाजिक तथा भौतिक समस्या व्यवस्थापनमा साथ दिन प्रयास गरेको मञ्चका अध्यक्ष युवराज विद्रोहीको भनाइ छ । 

    ‘पत्रकारहरूको भौतिक सुरक्षाको पक्षमा केही न केही काम हुन थालेका छन् । पेशागत र सामाजिक सुरक्षाका विषयमा धेरै काम गर्न बाँकी देखिन्छ,’ मञ्चका उपाध्यक्ष एवम् कोभिड समन्वय समितिका संयोजक चन्द्रमणि भट्टराईले योजना सुनाउँदै भने । एशोसियट सदस्य संस्थाहरूका बीचमा साझेदारिता बढाउँदै गएको पनि उनले बताए ।

    भक्तपुर शाखालाई सामग्री वितरण गर्दा मञ्चका महासचिव विमल थापा, कार्यसमिति सदस्य जेन श्रेष्ठ, नेपाल पत्रकार महासंघ एशोसियट प्रदेशका महासचिव रोयल आचार्यसहित पदाधिकारी सहभागी थिए । 

    यस्तै महासंघ भक्तपुर जिल्ला शाखाका पूर्वअध्यक्षहरू रमेश खड्का, अमर भुजु, विकल श्रेष्ठ, सचिव सञ्जीव घिमिरे, कार्टुनिष्ट क्लवका अध्यक्ष वासु क्षितिज, सदस्यहरू देवेन्द्र थुम्केली, रवि मिश्रसहित पदाधिकारी उपस्थित थिए । यस्तै दक्षिण एशियाली खेलकुद संघका महासचिव राधेश्याम दाहालसहितका पदाधिकारी सहभागी थिए ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology