Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

पोखरामा दुई दिन बुद्धिचाल प्रतियोगिता हुँदै

पोखरामा दुई दिन बुद्धिचाल प्रतियोगिता हुँदै

  • 188
    SHARES
  • पोखरामा दुई दिन बुद्धिचाल प्रतियोगिता हुँदै

    गण्डकी । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा यही माघ २६ र २७ गते पोखरामा विद्यालयस्तरीय बुद्धिचाल प्रतियोगिता हुने भएको छ ।

    पोखरा महानगरपालिका बुद्धिचाल संघको व्यवस्थापनमा आगामी विद्यालयस्तरीय छात्रछात्रा बुद्धिचाल प्रतियोगिता हुन लागेको पोखरा महानगरपालिका खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए ।

    पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा हुने प्रतियोगितामा ६० विद्यालयका दुई सय ५० जना छात्रछात्राको सहभागिता रहने उनले बताए ।

    सात चरणमा खेलाइने प्रतियोगितामा एउटा विद्यालयबाट बढीमा दुई समूह सहभागी हुन पाउने नियम राखिएको छ । एउटा समूहमा दुई छात्र वा दुई छात्रा सहभागी हुन पाउने सदस्य सचिव खड्काले बताए ।

    प्रतियोगितामा छात्रछात्रातर्फ प्रथम, द्वितीय, तृतीय हुनेले क्रमशः सात हजार, पाँच हजार र तीन हजारसहित पदक र प्रमाणपत्र पाउनेछन् ।

    चौथो र पाँचौँ हुनेले क्रमशः दुई हजार र एक हजारसहित मेडल र प्रमाणपत्र पाउने महानगर बुद्धिचाल संघका अध्यक्ष चन्द्रबहादुर गुरूङले जानकारी दिए ।

    छैटौँदेखि दशौँ स्थानसम्म प्राप्त गर्ने पाँच जना सहभागीले मेडल र प्रमाणपत्र पाउने उनले बताए ।

  • सम्बन्धित विषय:

  • # पोखरा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij