Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

राप्रपा संसदीय दलको बैठक : हिँउदे अधिवेशन आह्वान गर्न आग्रह

राप्रपा संसदीय दलको बैठक : हिँउदे अधिवेशन आह्वान गर्न आग्रह

  • 169
    SHARES
  • राप्रपा संसदीय दलको बैठक : हिँउदे अधिवेशन आह्वान गर्न आग्रह

    मकवानपुर । बाग्मती प्रदेशसभा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको आज काठमाडौंमा बसेको बैठकले प्रदेशका जनताको जनजीविका र राष्ट्रिय गौरवका आयोजनाका विषयमा संसद्मा तत्काल छलफल गर्न सरकारलाई हिउँदे अधिवेशन बैठक यथाशीघ्र आह्वान गर्न माग गर्ने निर्णय गरेको छ ।

    बैठकले मुलुकको वर्तमान राजनीतिक अवस्थामा बाह्य शक्तिको बढ्दो प्रभावबाट राष्ट्रियतामाथि आँच पुगेको र पार्टीको संगठनात्मक स्वरुप तथा संसद्मा खेल्नुपर्ने भूमिकाको सन्दर्भमा समीक्षा गरिएको राप्रपा संसदीय दलका नेता उद्धव थापाले  बताए ।

    उनले प्रदेश सरकारलाई राष्ट्रिय गौरवका आयोजना बाँडफाँट, संसद्मा रहेका प्रतिपक्ष दलसँग भएको सहमतिलाई कार्यान्वयन गर्न र प्रदेशमा सुशासन तथा भ्रष्टाचारमुक्त तुल्याउन केही दिनभित्रै राप्रपा संसदीय दलका तर्फबाट प्रदेश सरकारलाई ज्ञापनपत्र हस्तान्तरण गर्ने कार्यसूची रहेको जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # राप्रपा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij