Logo

२०८३, कार्तिक २१ गते शुक्रवार

२०८३, कार्तिक २१ गते शुक्रवार

‘लोकतन्त्र स्थापनाको आन्दोलनमा प्रदेशको भूमिका महत्वपूर्ण’

‘लोकतन्त्र स्थापनाको आन्दोलनमा प्रदेशको भूमिका महत्वपूर्ण’

  • 205
    SHARES
  • ‘लोकतन्त्र स्थापनाको आन्दोलनमा प्रदेशको भूमिका महत्वपूर्ण’

    मोरङ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कोशी प्रदेशले मुलुकमा लोकतन्त्र स्थापनाको आन्दोलनमा  महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएकी छिन् ।

    न्यू सृष्टि दैनिकको १३औँ वार्षिकोत्सव एवं  सम्मान कार्यक्रमको आज यहाँ उद्घाटन गर्दै उनले प्रदेशका जनताले गरेको आन्दोलनका  कारणमा मुलुकमा गणतन्त्र र लोकतन्त्र स्थापना भएको बताइन् ।

    पूर्वराष्ट्रपति भण्डारीले मुलुकमा बसोवास गर्ने विविध जातजाति, भाषाभाषी एवं संस्कृति अवलम्वन गरेका समुदायका वीचमा आपसी सहिष्णुता र एकताको भावना अभिवृद्धि गर्ने काममा सञ्चार माध्यमले योगदान गर्नुपर्ने बताइन् ।

    कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले  प्रदेश पुनः नामकरण संघर्ष समितिसँग आज भएको पाँच बुँदे सहमतिले प्रदेशमा आजदेखि बन्द हडताल सधैँका लागि बन्द गरेको बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij