Logo

२०७८, आश्विन १ गते शुक्रवार

२०७८, आश्विन १ गते शुक्रवार

उपत्यकामा निषेधाज्ञा थप्ने तयारी

उपत्यकामा निषेधाज्ञा थप्ने तयारी

  • 299
    SHARES
  • उपत्यकामा निषेधाज्ञा थप्ने तयारी

    काठमाडौं । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा एकसाता निषेधाज्ञा थप्ने तयारी भएको छ । उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुले आगामी दिनमा हुने निषेधाज्ञाको मोडालिटीबारे तय गरेर सोमबार मध्यरातदेखि लागु हुने गरी एक साता निषेधाज्ञा थप्ने तयारी गरेका हुन् ।

    आइतबार काठमाडौं जिल्ला प्रशासन कार्यालयमा तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बस्ने भएको छ । ‘उपत्यकामा एकसाता निषेधाज्ञा थप्ने तयारीमा छौं । पूर्ण निर्णय भने आइतबार साँझसम्म आउने छ,’ भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले भने ।

    गत आइतबार बसेको तीनै प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले खाद्यान्न, स्टेशनरी, दूधजन्य, मासुजन्य, डिपार्टमेन्टल स्टोर, कपडा, हार्डवेयर पसललाई समय तोकेर खुल्न दिने निर्णय गरेको थियो ।

    यस्तै निर्माण क्षेत्रमा आवश्यक यन्त्र, सवारी र २५ सीटभन्दा बढी क्षमताका सार्वजनिक सवारी पनि चल्न दिने निर्णय गरेको थियो । आइतबार बस्ने बैठकले उपत्यकाभित्र चल्ने साना र मझौला आकारका सार्वजनिक सवारी पनि सञ्चालन गर्नसक्ने बुझिएको छ । 

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology