Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

दुर्घटनामा घाइते एमाले महासचिव पोखरेलको स्वास्थ्य जाँच, अवस्था सामान्य

दुर्घटनामा घाइते एमाले महासचिव पोखरेलको स्वास्थ्य जाँच, अवस्था सामान्य

  • 126
    SHARES
  • दुर्घटनामा घाइते एमाले महासचिव पोखरेलको स्वास्थ्य जाँच, अवस्था सामान्य

    काठमाडौं । शनिबार दैलेखमा भएको सवारी दुर्घटनामा परेका नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आज काठमाडौंस्थित ट्रमा सेन्टरमा स्वास्थ्य जाँच गरिएको छ ।

    सुर्खेतबाट दैलेख कार्यक्रममा सहभागी हुन जाने क्रममा उनी सवार गाडी सडकमा पल्टिँदा सामान्य घाइते भएको एमाले केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिए ।  ‘उहाँ आज ट्रमा सेन्टरमा गइ स्वास्थ्य जाँच गर्दा सामान्य चोटपटक मात्रै देखिएको छ,’ अधिकारीले भने, ‘उहाँको तिघ्रा र हातमा समान्य चोट लागेको छ । भिडियो एक्सरे गरेर हेर्दा कुनै त्यस्ता खतरा छैन ।’

    महासचिव पोखरेल आजै सुर्खेतबाट काठमाडौं आएका थिए । जिल्ला अधिवेशन उद्घाटन गर्न दैलेख जान लाग्दा दैलेखको डुङेश्वर गाउँपालिका–१ चुप्रा नजिकै उनी सवार गाडी सडकमा पल्टेको थियो । गाडीमा एमाले महासचिव पोखरेलसहित केन्द्रीय सदस्य दीपा शर्मा कर्णाली प्रदेश कमिटी सचिव ध्रुव शाही पनि थिए ।

    गाडीमा रहेका कर्णाली प्रदेशका उपसचिव पद्मा खड्काको हातमा चोट लागेको एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # दुर्घटना

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij