Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

ट्रयाक्टर दुर्घटना हुँदा एककाे मृत्यु, दुई घाइते

ट्रयाक्टर दुर्घटना हुँदा एककाे मृत्यु, दुई घाइते

  • 154
    SHARES
  • ट्रयाक्टर दुर्घटना हुँदा एककाे मृत्यु, दुई घाइते

    रामेछाप । रामेछाप नगरपालिका–९ ल्याङल्याङमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु गएको छ भने त्यसमा सवार दुई जना घाइते भएका छन ।

    दुर्घटनामा ट्रयाक्टर चालक सोही वडाका ३७ वर्षका गुणराज श्रेष्ठको मृत्यु भएको छ भने रामेछाप नगरपालिका–८ का मनोज मगर र सोही वडाका चन्द्रबहादुर शाही घाइते भएका छन ।

    जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख होमबहादुर पराजुलीका अनुसार उक्त ट्रयाक्टर सुनकोशी नदी किनारबाट बालुवा लिएर ल्याङल्याङतर्फ आइरहेको थियो । घाइतेमध्ये चन्द्रबहादुरको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij