Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

एकीकृत समाजवादीका विभिन्न नेताहरूलाई जिम्मेवारी प्रदान

एकीकृत समाजवादीका विभिन्न नेताहरूलाई जिम्मेवारी प्रदान

  • 107
    SHARES
  • एकीकृत समाजवादीका विभिन्न नेताहरूलाई जिम्मेवारी प्रदान

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), बाग्मती प्रदेश कमिटीले संगठन तथा सदस्यता विस्तार अभियान कार्यान्वयन गर्न विभिन्न नेतालाई जिम्मेवारी प्रदान गरेको छ ।

    संगठन विस्तार तथा सुदृढीकरण अभियान कार्यान्वयनका लागि उपाध्यक्ष राजेन्द्र पाण्डेलाई धादिङ, उपाध्यक्ष प्रमेश हमाललाई ललितपुर र सचिव जीवनराम श्रेष्ठलाई काठमाडौंको जिम्मेवारी प्रदान गरिएको हो ।

    केन्द्रीय नेताहरू ध्रुव विष्ट (भक्तपुर), शिव देउजा (काभ्रेपलाञ्चोक), भगवती नेपाल (सिन्धुपाल्चोक), शिव भण्डारी (दोलखा), देवशंखर पौडेल (रामेछाप), गंगा नेपाल (सिन्धुली), ललित बस्नेत (मकवानपुर), केशवलाल श्रेष्ठ (चितवन), राजेन्द्र लोहनी (नुवाकोट), साङ्गेतेम्बा लामालाई (रसुवा) को जिम्मेवारी तोकिएको कमिटी अध्यक्ष तथा पार्टी स्थायी कमिटी सदस्य सावित्रा भुसालले जानकारी दिइन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij