वेबटिभी खबर
काठमाडौं । नेकपा एमालेका शीर्ष ६ नेताहरू आइतबार वरिष्ठ नेता माधव नेपाल निवास कोटेश्वर पुगेका छन् ।
पार्टीको विवाद समाधानका लागि संस्थापन पक्षका शंकर पोखरेल, सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेल साथै नेपाल पक्षका घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र भीम आचार्य नेपाल निवास पुगेका हुन् ।
शनिबार दुवै पक्षका यी नेताबीच ललितपुरको समिट होटलमा भेटवार्ता भएको थियो । उक्त वार्तामा सर्वोच्च अदालतमा बुझाइएको हस्ताक्षर फिर्ता लिन संस्थापन पक्षले आग्रह गरेको थियो ।
यसबारेमा प्रधानमन्त्री ओलीसँग कुरा राख्ने भन्दै शंकर पोखरेल, सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेल बालुवाटार फर्केका थिए भने नेपालले आफू पक्षका २३ सांसदसँग भर्चुअल बैठक राखेका थिए । यसैबीच आइतबार बिहान जारी वार्ताले एमाले विवाद सुल्झाउने नेताहरुको विश्वास छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij