Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

क्यानडाको ब्रिटिश कोलम्बिया राज्यभर सयौं डढेलो 

क्यानडाको ब्रिटिश कोलम्बिया राज्यभर सयौं डढेलो 

  • 878
    SHARES
  • क्यानडाको ब्रिटिश कोलम्बिया राज्यभर सयौं डढेलो 

    ओट्वा । क्यानडाको प्रान्त ब्रिटिश कोलम्बियामा डढेलो फैलिएपछि त्यहाँको केही भागका बासिन्दाहरुलाई सार्न आदेश दिइएको छ । शनिबार मध्यदिनसम्म ब्रिटिश कोलम्बियामा १७६ डढेलो लागेको अग्निसेवा विभागका अधिकारीले बताएका छन् ।

    उक्त प्रान्तको ११ वटा नगरपालिका समेट्ने थम्पसन निकोला क्षेत्रीय जिल्ला शनिबार दिउँसोसम्म्म त्यसक्षेत्रका बासिन्दालाई तुरुन्तै घर छोडेर जान ९ वटा आदेश जारी गरिएको थियो ।

    त्यसबाहेक अन्य ४ वटा सूचनाहरु मानिसहरुलाई सुरक्षित स्थानमा जानका लागि तयार हुन दिइएको थियो । 'सामान्यतया भन्नुपर्दा, हामी हाम्रो सुक्खा चक्रभन्दा तीन हप्ता अगाडि छौं', ब्रिटिश कोलम्बियाका वाइल्डफायर सेवाका क्षेत्रीय अपरेशनल निर्देशक क्लिफ चेपम्यानले पत्रकारलाई भने । 

    क्यानडाका रक्षामन्त्री हरजित सज्जनले सरकारले आगलागी पीडितको सहायताका लागि सैन्य हेलिकप्टर पठाउने बताएका छन् ।आगलागीका कारण त्यहाँका कैयौं राजमार्गहरू बन्द भएका छन् ।

    त्यहाँ बिहीबार १२ हजारभन्दा बढी चट्याङ परेपछि आगलागी फैलिएको थियो । केही चट्याङहरू मानिसकाे बस्तीनजिकै पनि खसेका थिए । क्यानाडाको पश्चिमी प्रान्तमा गत साता उच्च तापक्रमका कारण लिटन गाउँमा आगलागी भएको थियो । भ्यान्कुभरबाट उत्तरपूर्व २६० किलोमिटरमा रहेको सो गाउँमा ९० प्रतिशतभन्दा बढी क्षेत्र डढेलोले जलेको छ ।  प्रमुख कोरोनेर लिजा लपोइन्टेले जुन २५ देखि जुलाइ १ सम्म त्यहाँ ७१९ जनाकाे ज्यान गएकाे बताएकी छन् । 

    वातावरण विभागका अनुसार क्यानडाकाे ब्रिटिश कोलम्बिया, अल्बेर्टासहित सास्काचेवान, उत्तर पश्चिमी क्षेत्र र मनिटोबाका क्षेत्रमा गर्मी अत्यधिक बढेकाे छ । गत साता त्यहाँ ४७ डिग्री सेल्सियस तापक्रम रेकर्ड भएकाे थियाे । 

    canada.webp

      क्यानडामा उच्च गर्मी भएको एउटा गाउँभर आगलागी क्यानडामा उच्च गर्मी भएको एउटा गाउँभर आगलागी क्यानडामा गर्मीबाट २३० को मृत्यु क्यानडामा गर्मीबाट २३० को मृत्यु क्यानडामा अत्यधिक गर्मीका कारण १३० को मृत्यु क्यानडामा अत्यधिक गर्मीका कारण १३० को मृत्यु अमेरिका र क्यानडामा अत्यधिक गर्मी [७ तस्बिर] अमेरिका र क्यानडामा अत्यधिक गर्मी [७ तस्बिर]

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij