Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

विप्लवलाई मुलधारमा ल्याउनु समकालीन राजनीतिको महत्वपूर्ण उपलब्धि: प्रदीप ज्ञवाली

विप्लवलाई मुलधारमा ल्याउनु समकालीन राजनीतिको महत्वपूर्ण उपलब्धि: प्रदीप ज्ञवाली

  • फाल्गुण २१, २०७७ शुक्रवार १२:२७ बजे
  • 900
    SHARES
  • विप्लवलाई मुलधारमा ल्याउनु समकालीन राजनीतिको महत्वपूर्ण उपलब्धि: प्रदीप ज्ञवाली

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (ओली पक्षीय) का प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सशस्त्र विद्रोह गरिरहेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीलाई मुलधारमा ल्याउनु सरकारको महत्वपूर्ण उपलब्धि भएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत ज्ञवालीले यस्तो विचार व्यक्त गरेका हुन् । 

    ‘एकीकृत जनक्रान्ति’ का नाममा सशस्त्र गतिविधिमा संलग्न नेकपा (विप्लव समूह) ले हिंसात्मक बाटो छाडेर आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा सञ्चालन गर्न सहमत हुनु समकालीन नेपाली राजनीतिका महत्वपूर्ण उपलब्धि हुन्,’ ज्ञवालीले भनेका छन् ।

    साथै उनले पृथकतावादी आन्दोलन चलाइरहेका सिके राउतलाई मुलधारको राजनीतिमा समाहित गराउनु पनि सरकारको ठूलो उपलब्धि भएको उल्लेख गरेका छन् ।

    ‘यससँगै नेपाली राजनीतिका सबै पक्ष राष्ट्रिय एकता, संविधान र शान्तिपूर्ण राजनीतिको मूल प्रवाहमा आबध्द हुन पुगेका छन् । जेजति असहमति छन्, ती शान्तिपूर्ण दायराभित्रै छन्, लोकतन्त्रमा यो स्वाभाविकै हो,’ उनले लेखेका छन्, ‘यस महत्वपूर्ण उपलब्धिको मुख्य श्रेय सम्माननीय प्रधानमन्त्रीज्यूलाई जान्छ । यसमा योगदान गर्नु हुने सबै धन्यवादका पात्र हुनुहुन्छ ।’

    उनले राष्ट्रिय एकताका पक्षधर एवम् शान्तिप्रेमी सबैलाई बधाइसमेत व्यक्त गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # प्रदीप ज्ञवाली

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij