वेबटिभी खबर
काठमाडौं । आइतबार बिहान बैतडीमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका सिगास गाउँपालिका-३ का ४५ वर्षीय जयसिंह धामीको मृत्यु भएपछि मृत्यु हुनेको संख्या तीन पुगेको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले उपचारका लागि लैजाने क्रममा धामीको मृत्यु भएको बताए । सिगास गाउँपालिका-३ बाट आइतबार बिहान डडेल्धुरातर्फ जादै गरेको से १ ज ७३९ नम्बरको जीपमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ११ जना घाइते भएका छन् ।
घाइतेहरुलाई उपचारका लागि डडेल्धुरा पठाइएको प्रहरीले जनाएको छ । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले सडकको अवस्था र सवारीको कन्डिसनका कारण दुर्घटना भएको देखिए पनि पूर्ण विवरण आई नसकेको प्रहरीले जनाएको छ । दुर्घटनापछि चालक र गाडी मालिक फरार रहेको प्रहरीको भनाइ छ । सांकेतिक तस्बिर
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij