Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

जुम्लाका १० हजार बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप दिइने

जुम्लाका १० हजार बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप दिइने

  • 137
    SHARES
  • जुम्लाका १० हजार बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप दिइने

    जुम्ला । जुम्लाका करिब १० हजार बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाइने भएको छ ।

    यहाँको एक नगरपालिकासहित सात गाउँपालिका गरी आठवटै स्थानीय तहमा १५ महिनादेखि पाँच वर्षमुनिका १० हजार सात जना बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाइने जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

    यही फागुन १३ गते (भोलि) देखि खोप दिइने कार्यक्रम रहेको कार्यालयका प्रमुख कृष्ण सापकोटाले जानकारी दिए । उनका अनुसार जिल्लामा दुई चरणमा खोप अभियान सञ्चालन गरिने छ ।

    अभियानका लागि ९५ जना स्वास्थ्य क्षेत्रका जनशक्ति परिचालन हुनेछन् । जिल्लाभर एक सय ६० खोप केन्द्र निर्धारण गरिएको प्रमुख सापकोटाले बताए ।

    पहिलो चरणअनतर्गत गत चन्दननाथ नगरपालिका, गुठिचौर, पातारासी र तातोपानी गाउँपालिकामा फागुन १३ देखि १८ गतेसम्म तथा दोस्रो चरणमा तिला, हिमा, सिङ्जा र कनकासुन्दरी गाउँपालिकामा फागुन १९ गतेदेखि फागुन अन्तिमसम्म खोप अभियान सञ्चालन हुने जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी प्रेम सुमाईले जानकारी दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij