Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

मोरङका घरेलु उद्योगमा तीन लाखलाई रोजगारी

मोरङका घरेलु उद्योगमा तीन लाखलाई रोजगारी

  • 257
    SHARES
  • मोरङका घरेलु उद्योगमा तीन लाखलाई रोजगारी
    मोरङ । मोरङ जिल्लामा  साना तथा घरेलु उद्योग संघअन्तर्गत  ३० हजारभन्दा बढी उद्योग सञ्चालनमा रहेका तथा तिनमा ४५ अर्ब लगानी हुनाका साथै तीन लाखले रोजगारी पाएका छन।
     
    नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको आगामी चैत ३ गते विराटनगरमा हुने २५ औँ साधारण सभा र १२ औँ जिल्ला अधिवेशनका सन्दर्भमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष चेतनाथ निरौलाले उक्त जानकारी दिएका हुन ।
     
    अधिवेशनमा जिल्लामा उत्पादित कृषि, पशु, हस्तकला, स्थानीय उत्पादित विभिन्न वस्तुहरु, चिया, छुर्पी, ढाकाका कपडा, जुत्ता, चप्पल, सौन्दर्य सामग्रीसहित  एक दिवसीय प्रदर्शनीको आयोजना गरिने छ ।
     
    अध्यक्ष निरौलाले जिल्लाका घरेलु उद्योगको प्रोत्साहनका लागि नेपाल सरकार र प्रदेश सरकारले प्रविधि हस्तान्तरण कार्यक्रमअन्तर्गत पाँच लाख, लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र काठमाडौँमार्फत अनुदानमा आधारित प्रविधि हस्तान्तरण कार्यक्रममा २० लाख उपलव्ध गराएको बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij