Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न अर्थमन्त्रीको आग्रह

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न अर्थमन्त्रीको आग्रह

  • 128
    SHARES
  • व्यवसायीलाई ढुक्क भएर लगानी गर्न अर्थमन्त्रीको आग्रह

    नवलपरासी । अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्योग व्यवसायीलाई ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् ।

    उद्योग वाणिज्य संघ नवलपरासीले सदरमुकाम परासीमा आयोजना गरेको औद्योगिक व्यापार मेला-२०८० को उद्घाटन गर्दै मन्त्री डा.महतले राजस्व संकलन, बाह्य पर्यटकको संख्या बढेको र मूल्यवृद्धि घट्दो अवस्थामा भएकाले नेपालमा लगानीमैत्री वातावरण बन्दै गएको बताए ।

    ‘मैले अर्थ मन्त्रालयको जिम्मेवारी लिँदा मुलुकको अर्थतन्त्र निकै कमजोर हालतमा थियो, अहिले अर्थतन्त्र जोखिममुक्त छ’, मन्त्री डा. महतले भने ।

    यसअघिको सरकारले बजेटको सुनिश्चितता बिना आयोजनाको उद्घाटन गर्दै सुरु गरेकाले अर्थतन्त्रमा समस्या देखिएको उनको भनाइ छ ।

    पश्चिम नवलपरासीको महेशपुर भन्सार नाका मूल भन्सारमा परिणत भए पनि लक्ष्यअनुसार राजस्व संकलन नभएको उल्लेख गर्दै मन्त्री डा.महतले राजस्व वृद्धिका लागि क्वारेन्टाइन र सडक पूर्वाधार विकासका लागि आगामी आवको बजेटमा समावेश गरिने आश्वासन दिए ।

    मेलामा बाल उद्यानलगायत विभिन्न क्षेत्रसँग सम्बन्धित एक सय ५० कक्ष रहेका छन् । मेला यही फागुन ३० गतेसम्म चल्ने छ ।

    पश्चिम नवलपरासी आउनुभएका मन्त्री डा महतले आजै पाल्हीनन्दन गाउँपालिका-१ महेशपुर भन्सारको समेत निरीक्षण गरे । सो अवसरमा उनले भन्सारलाई थप सुविधा सम्पन्न बनाउन पहल गर्ने बताए ।

    महेशपुर नाकालाई प्रमुख नाकाको रुपमा विकास गर्न कदम चाल्ने मन्त्री डा.महतले उल्लेख गरे । मूल भन्सारको रुपमा प्रवाह गर्न जग्गाको अभाव रहेको उल्लेख गर्दै उनले यसबारे प्रस्ताव पेस गरी प्रक्रिया अघि बढाइने बताए ।

    मन्त्री डा.महतले जिल्लास्थित सुरक्षा निकायलाई गैरकानुनी आयात तथा निर्यातमा रोक लगाउन सुझाव दिए । यसबाट सरकारलाई राजस्व उठाउन सहज हुने उनले उल्लेख गरे ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij