Logo

२०८३, कार्तिक २१ गते शुक्रवार

२०८३, कार्तिक २१ गते शुक्रवार

डा रुइत आँखाका बिरामीको उपचार गर्न गृहजिल्ला ताप्लेजुङमा 

डा रुइत आँखाका बिरामीको उपचार गर्न गृहजिल्ला ताप्लेजुङमा 

  • 169
    SHARES
  • डा रुइत आँखाका बिरामीको उपचार गर्न गृहजिल्ला ताप्लेजुङमा 

    ताप्लेजुङ । नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइतले आफ्नै गृहजिल्लामा तीन दिनसम्म मोतियाबिन्दुका बिरामीको शल्यक्रिया गर्ने भएका छन् । ताप्लेजुङको फुङ्लिङमा आँखाका समस्या भएका सर्वसाधारणको बिहीबारदेखि शल्यक्रिया गरिने भएको हो ।

    नेपाल नेत्रज्योति संघले फुङ्लिङ नगरपालिका र सेवा फाउण्डेसनसँग सहकार्यमा तिलगंगा आँखा अस्पतालको प्राविधिक सहयोग लिएर शल्यक्रिया सहितको आँखा शिविर सञ्चालन गरेको थियो । 

    शिविरमा आँखाको परीक्षण तथा उपचार गर्न डा रुइत गृहजिल्ला आएको संघका उपाध्यक्ष खगेन्द्र अधिकारीले बताए । गाउँगाउँबाट शल्यक्रियाका लागि सिफारिस भइआएका ९८ जना आँखारोगीको शल्यक्रिया गर्न सुरु भएको उनले जानकारी दिए । 

    डा रुइतले शल्यक्रिया गर्ने भएपछि नाम दर्ता गर्नेको संख्या उल्लेख्य रहेको संघका कोषाध्यक्ष निरोज श्रेष्ठले बताए । 

    सेवा लिन आउने सबै सेवाग्राहीलाई सहज ढंगले सेवा दिएर पठाउने योजनाका साथ काम भइरहेको संघका जिल्ला सहसचिव युवराज गिरीले जानकारी दिए । उनका अनुसार अहिले नेत्रज्योति संघ ताप्लेजुङद्वारा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रमा आँखाको परीक्षण तथा उपचार भइरहेको छ । 

    आँखाको परीक्षणका लागि आइपुगेको तिलगंगा आँखा अस्पतालको प्राविधिक टोलीले बिहानैदेखि परीक्षण तथा उपचार सुरु गरेको छ । परीक्षणका क्रममा छनोट भएका मोतियाबिन्दुका बिरामीको डा रुइतको नेतृत्वमा रहेको टोलीले शल्यक्रिया गर्ने आँखा उपचार केन्द्रका क्लिनिक इन्चार्ज काजीमान गुरुङले बताए । 

    संघले यसअघि मैवाखोलाको ढुंगेसाँघु र मिक्वाखोलाको खोक्लिङमा पुगेर आँखाको परीक्षण गरी ३७ जना मोतियाबिन्दुका बिरामीको छनोट गरिसकेको छ । उनीहरूको पनि आज शल्यक्रिया गर्ने योजना रहेको गुरुङले बताए ।

  • सम्बन्धित विषय:

  • # आँखा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij