नयाँ दिल्ली । भारतको मध्य प्रदेश राज्यको मण्डला जिल्लामा बिहीबार अनियन्त्रित भई गाडी पल्टँदा १५ जनाको मृत्यु भएको छ । स्थानीय प्रहरीका अनुसार मृत्यु हुनेमा पाँच जना महिला छन् । अन्य २० जना घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेहरूलाई उपचारार्थ अस्पताल भर्ना गरिएको छ । केहीको अवस्था गम्भीर रहेकोले मृतकको संख्या बढ्न सक्ने बताइएको छ । विवाहको लागि आयोजित भोजबाट फर्केका एकै गाउँका मानिसहरु दुर्घटनामा परेका हुन ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij