वेबटिभी खबर
नयाँ दिल्ली । कोरोना भाइरसको महामारी फैलिएको भारतमा दुई वटा लहरको संक्रमण सकिइसकेको छ । मानिसहरुलाई दुवै लहरका संक्रमणबीचको फरक थाहा होस भन्ने उद्देश्यले गरिएकाे एक अध्ययनले पहिलो लहरको तुलनामा दोस्रो लहर बढी घातक भए पनि यस समयमा थोरै पुरुष अस्पताल भर्ना भएको देखाएको छ ।
दोस्रो लहर फैलिएको फेबु्रअरीदेखि मे ११ सम्म निकै थोरै संख्यामा पुरुषहरु अस्पतालमा भर्ना भएका थिए । तर पनि यस क्रममा अस्पतालमा हुने मृत्यु ३ दशमलव १ प्रतिशतले वृद्धि भएको थियो ।
दुवै लहरमा अस्पतालमा भर्ना भएका संक्रमितको क्लिनिकल प्रोफाइलको अध्ययनले यस्तो अवस्था देखाएको हो । यो अध्ययन इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च, अल इन्डिया इन्स्टिट्युट अफ मेडिकल साइन्स र नेसनल सेन्टर फर डिजिज कन्ट्रोलका विज्ञहरुले गरेका हुन् ।
अध्ययनमा देशभरका ४१ अस्पतालका तथ्यांक विश्लेषण गरिएको थियो । यसमा १ सेप्टेम्बर २०२० सम्म र १ फेबु्रअरीदेखि ११ मे २०२१ सम्म संक्रमित भएका व्यक्तिबारे अध्ययन गरिएको थियो ।
अध्ययनअनुसार पहिलोपटक फैलिएको संक्रमणभन्दा पछिल्लोपटकको संक्रमणमा युवाहरु धेरै संक्रमित भएका छन् । दुवै लहरमा अस्पतालमा भर्ना हुने ७० प्रतिशत संक्रमितको उमेर ४० वर्षभन्दा बढी छ ।
दोस्रो लहरमा २० वर्षभन्दा माथि सबै उमेरका व्यक्तिको मृत्युदर उस्तै छ । तर २० वर्षभन्दा कम र २० देखि ३९ वर्षसम्मका सबैभन्दा धेरै संक्रमित अस्पतालमा भर्ना भएका थिए । दुवै लहरमा सामान्य लक्षण ज्वरो थियो भने दोस्रो लहरमा श्वासप्रश्वासको समस्या धेरै देखिएको छ । यस लहरमा अक्सिजन र भेन्टिलेटरको सबैभन्दा धेरै आवश्यकता परेको थियो ।
भारतमा २४ घण्टामा ४० हजार नयाँ संक्रमित थपिए
भारतमा कोरोनाको तेस्रो लहर अक्टुबर-नोभेम्बरमा उच्च बिन्दुमा पुग्ने
भारतमा दैनिक संक्रमण २.३४ प्रतिशत
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij