Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

सीमान्तकृत गर्भवतीलाई पौष्टिक आहार

सीमान्तकृत गर्भवतीलाई पौष्टिक आहार

  • 154
    SHARES
  • सीमान्तकृत गर्भवतीलाई पौष्टिक आहार

    मकवानपुर । मकवानपुरको विकट कैलाश गाउँपालिकाले सीमान्तकृत गर्भवतीलाई पौष्टिक आहार वितरण गरेको छ ।

    आज कैलाश-७ ताम्लाङस्थित ङिको स्थास्थ्य चौकीमा स्थानीय सीमान्तकृत गर्भवतीलाई १२ थरीका पौष्टिक तत्वयुक्त ‘पौष्टिक प्रवर्द्र्धन कोसेली’को प्याकेट वितरण गरिएको हो ।

    गर्भावस्थामा उचित पोषणको अभावका कारण आमा र गर्भस्थ शिशुको स्वास्थ्यमा प्रतिकूल असर नपरोस् भनेर गर्भवतीलाई पौष्टिक आहार वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

    गर्भवती र गर्भको बच्चालाई आवश्यकपर्ने कार्बोहाइडे«ट, प्रोटिन, भिटामिन र मिनरलयुक्त गेडागुडी, सर्वोत्तम पीठो, बदाम, ओखर, काजु, मासको दाल, कुखुराको अण्डालगायत पौष्टिक आहार मिसाइएको प्याकेट वितरण गरिएको पालिका अध्यक्ष लोकबहादुर मुक्तानले  बताउनुभयो ।

    पालिकाले विगत तीन दिनमा ८० जना गर्भवतीको स्वास्थ्य जाँच गर्नुका साथै पौष्टिक आहारको प्याकेट वितरण गरेको उहाँले जानकारी दिए ।

    गर्भवतीलाई प्रसूतिका निम्ति अस्पतालसम्म पुर्‍याउन निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्था पनि मिलाइएको छ । सुत्केरी हुन स्वास्थ्य चौकी आउनेलाई पालिकाले चार हजार आठ सय, बच्चा र आमाका लागि न्यानो कपडा र अन्य पौष्टिक आहार वितरण गर्दै आएको छ ।

  • सम्बन्धित विषय:

  • # गर्भवती

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij