Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

हिउँमा फसेका आठै जनाको सकुशल उद्धार

हिउँमा फसेका आठै जनाको सकुशल उद्धार

  • 146
    SHARES
  • हिउँमा फसेका आठै जनाको सकुशल उद्धार

    जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका- ४ स्थित गिडीदह क्षेत्रमा पर्ने बजेडी पाटनमा जडीबुटी संकलन गर्न गएका सोही गाउँपालिका-७ बाँरागाउँ र मुछालदेउ गाउँका स्थानीयवासी हिउँमा फसेपछि  हेलिकप्टरबाट उद्घार गरिएको छ ।

    यही फागुन १८ गते पाटनमा सम्पर्कविहीन भएको जानकारी आएपछि उद्घारका लागि हेलिकप्टरबाट उद्धार गरिएको  प्रमुख  जिल्ला अधिकारी जयकुमार घिमिरेले राससलाई जानकारी दिए ।

    हिउँमा फसेका  आठै जनालाई सकुशल हेलिकप्टरबाट उद्धार गरिएको  छ । पालिका-४ स्थित गिडिदहको शिरान बजेडी पाटनमा फसेकालाई स्थानीय तह र प्रशासनको पहलमा कर्णाली प्रदेश सरकारको समन्वयमा हेलिकप्टरबाट उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।

    कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले नेपाली सेनाको हेलिकप्टरमा बजेडिपाटनदेखि जुम्ला विमानस्थल तीन चरणमा उद्धार गरेको हो ।

    उद्धार गरिएकामध्ये तातोपानी गाउँपालिका-७ का दिया रावत, हरिशोभा रावत, सुशीला रावत, गोरी रावत, जगमती रोकाया र वडा नम्बर ८ का अत रावत, संसार रावत, गोरी रावत रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दले बताए । 

  • सम्बन्धित विषय:

  • # उद्धार

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij