Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

सरकारको प्रवक्तामा सञ्चारमन्त्री शर्मा

सरकारको प्रवक्तामा सञ्चारमन्त्री शर्मा

  • 166
    SHARES
  • सरकारको प्रवक्तामा सञ्चारमन्त्री शर्मा

    काठमाडौं । नेपाल सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा तोकिएकी छन । मन्त्रिपरिषद्को आजको बैठकले मन्त्री शर्मालाई सो जिम्मेवारी प्रदान गरेको हो ।

    यस्तै, बैठकले संयुक्त राष्ट्रसंघको ‘कमिसन अन दि स्टाटस अफ वुमन को ६८ औँ सत्र’ मा भाग लिन महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीलाई स्वीकृति प्रदान गरेको छ।

    आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीहरुलाई बधाई दिँदै सफल कार्यकालका शुभकामना दिएका थिए ।

    बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री शर्माले आजभोलि नै सरकारले पूर्णता पाउने बताइन् । उनले सरकारले पूर्णता पाएसँगै प्रधानमन्त्रीले विश्वासको मत लिने जानकारी दिइन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij