Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

लोकसेवा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेस

लोकसेवा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेस

  • 223
    SHARES
  • लोकसेवा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेस

    काठमाडौँ । राष्ट्रिय सभामा लोकसेवा आयोगको ६४औँ वार्षिक प्रतिवेदन, २०७९/८० पेस भएको छ । सभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट खानेपानी मन्त्री राजेन्द्रकुमार राईले उक्त प्रतिवेदन पेस गरेका छन ।

    बैठकमा सभाका सचिव डा.सुरेन्द्र अर्यालले राष्ट्रिय सभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘अनुगमन तथा मूल्यांकन विधेयक, २०७६’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश जानकारी गराएका थिए ।

    बैठकमा राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्री नियुक्ति र कार्यभारसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका  थिए । राष्ट्रिय सभाको अर्को बैठक यही फागुन २७ गते आइतबार अपराह्न १ बजेर ९ मिनेटमा बस्नेछ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij