Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

इन्डोनेसियामा बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या २६ पुग्यो

इन्डोनेसियामा बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या २६ पुग्यो

  • 168
    SHARES
  • इन्डोनेसियामा बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या २६ पुग्यो

    एजेन्सी । इन्डोनेसियाको पश्चिम सुमात्रा प्रान्तमा बाढी र पहिरोबाट मर्नेहरूको संख्या २६ पुगेको राष्ट्रिय विपद् न्यूनीकरण निकाय (बीएनपीबी)ले सोमबार बताएको छ ।

    उद्धारकर्मीहरूले माटो र भग्नावशेषमा ११ जना बेपत्ता मानिसहरूको खोजी गरिरहेका छन् । विपद् न्यूनीकरण निकायका प्रवक्ता अब्दुल मुहारीले प्रकोपबाट कम्तिमा ३९ हजार मानिस प्रभावित भएको र एजेन्सीले स्थानीय अधिकारीहरूसँग मिलेर विपद् न्यूनीकरणलाई गति दिन र प्रभावितलाई सहायता वितरण गर्न काम गरिरहेको बताए ।

    गत बिहीबार भारी बर्षासँगै आएको बाढी, पहिरो र डुबानका कारण हजारौं घर र सार्वजनिक क्षेत्रहरू डुबानमा परेका थिए ।

    उक्त प्राकृतिक विपत्तिका कारण हजारौँ नागरिक विद्युतविहिन बनेका छन् भने प्रान्तीय प्रशासनले दुई हप्ताका लागि प्राकृतिक विपत्को चेतावनी जारी गरेको छ ।

    ‘प्यासिफिक रिंग अफ फायर’मा अवस्थित इन्डोनेसियामा बारम्बार शक्तिशाली आँधी आउने हँुदा आकस्मिक बाढी र पहिरो जाने गर्छ । उक्त क्षेत्र भूकम्प र ज्वालामुखी विस्फोटबाट पनि निरन्तर प्रभावित हुनेगर्छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij