वेबटिभी खबर
काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीले इलामको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ तथा बझाङको प्रदेशसभा क्षेत्र नं १ (१) मा हुन गइरहेको निर्वाचनमा उम्मेदवारी दिने भएको छ ।
सो पार्टीका राष्ट्रिय प्रवक्ता डा शरद्सिंह यादवले पार्टीको केन्द्रीय सचिवालयको हालैको बैठकका निर्णयहरु सार्वजनिक गर्दै दुबै क्षेत्रमा उम्मेदवारी दिने जानकारी दिएका हुन । जनमत पार्टीले इलाम र बझाङमा हुन लागेको निर्वाचनमा उम्मेदवारी दिने निर्णय गर्नुका साथै नयाँ बनेको सत्ता गठबन्धनमा तत्कालै सहभागी नहुने भएको हो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij