Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

अक्सिजन अभावले इन्डोनेशियामा दर्जनौं संक्रमितको मृत्यु 

अक्सिजन अभावले इन्डोनेशियामा दर्जनौं संक्रमितको मृत्यु 

  • 616
    SHARES
  • अक्सिजन अभावले इन्डोनेशियामा दर्जनौं संक्रमितको मृत्यु 

    जकार्ता । इन्डोनेशियाको एक अस्पतालमा अक्सिजन अभाव हुँदा ६३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । डेल्टा भेरिएन्ट फैलिएर गम्भीर रुपमा संक्रमण फैलिएको इन्डोनेशियाका धेरै सहरमा अक्सिजन आपूर्ति घटेको छ ।

    सबैभन्दा धेरै जनसंख्या भएकामध्ये विश्वको चौथो मुलुक इन्डोनेशियाले अहिले कोरोना प्रकोपको खराब अवस्था सामना गरिरहेको छ । शनिबार त्यहाँ २४ घण्टामा २७ हजार ९ सय १३ जनामा संक्रमण पुष्टि भएको थियो । बाली र जाभाका टापुहरुमा संक्रमण रोक्न आकस्मिक लकडाउन लागू गरिएको छ । 

    जाभाको सार्डिजो अस्पतालले एक विज्ञप्ति जारी गर्दै शनिबार र आइतबार बिहानसम्म अक्सिजन अभावका कारण ६३ संक्रमितको मृत्यु भएको बताएको छ । अस्पतालले अक्सिजन अभाव भएपछि केही दिनदेखि खाेजी गरिरहेकाे भए पनि कतैबाट पाउन नसकेकाे जनाएकाे छ । 

    स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले ग्यास उद्याेगहरूलाई अक्सिजन उत्पादन वृद्धि गर्न भनेका छन् । अहिले त्यहाँ दैनिक ८ सय मेट्रिक टन अक्सिजनकाे माग पूर्ति गर्नका लागि मेडिकल अक्सिजन उत्पादनमा प्राथमिकता दिन मन्त्रालयले अनुराेध गरेकाे छ । 

    त्यहाँ जनवरीदेखि खाेप लगाउन सुरू गरिएकाे थियाे । अहिलेसम्म ५ दशमलव १४ प्रतिशत जनसंख्याले खाेप लगाएका छन् । तर चीनकाे सिनाेभ्याक खाेप लगाएका ३ सय ५० स्वास्थ्यकर्मीमा काेराेना संक्रमण देखिएकाे थियाे । 

    कैयाैं देशहरूमा डेल्टा भेरिएन्टकाे संक्रमण बढ्दाे कैयाैं देशहरूमा डेल्टा भेरिएन्टकाे संक्रमण बढ्दाे

     

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij