वेबटिभी खबर
मुम्बई । अभिनेत्री कंगना रनावतले अर्की अभिनेत्री प्रियंका चोपडाविरुद्ध कडा अभिव्यक्ति दिएकी छिन् । उनले इन्स्टाग्राममा राजनीति सम्बन्धी प्रियंकाको अडान परिवर्तन भएको आरोप लगाएकी छिन् । कंगनाले एक प्रयोगकर्ताको ट्विट सेयर गरेकी छिन् । जसमा विदेशी मिडियाले भारत र प्रधानमन्त्री नरेन्द्र मोदीको बारेमा नकारात्मक तस्बिर सार्वजनिक गर्ने पत्रकार राख्न चाहेको लेखिएको थियो ।
सन् २०१८ मा प्रधानमन्त्री मोदी प्रियंका र निक जोनसको विवाहमा विशेष अतिथिका रुपमा उपस्थित भएका थिए । मोदीले सन् २०१७ मा बर्लिनमा प्रियंकासँग भेट पनि गरेका थिए ।उक्त ट्विटलाई सेयर गरेर कंगनाले केवल पत्रकारितामा मात्र नभई अन्य क्षेत्रमा पनि यस्तो व्यवहार हुने गरेको जनाएकी छिन् । उनले भनेकी छिन्, ‘जुन तरिकाले प्रियंका एक राष्ट्रवादीबाट धर्मनिरपेक्षमा परिणत भइन् । त्यसबाट उनी मोदीजीको ठूलो प्रशंसकबाट सबैभन्दा आलोचक र घृणित पात्र बनेकी छिन् ।’
कंगनाले लेखेकी छिन् ‘प्रियंकाले जुन व्यवहार गरेकी छिन्, यो त्यसको प्रमाण हो । वास्तवमा रोटीको लागि दुनियाँभर नाच्छिन् । आफ्नो देशमा स्वतन्त्रता छ, जे गर्नु छ,गर ।’ कंगनाले यसभन्दा पहिले भारतमा भएको किसान आन्दोलनलाई लिएर अभिनेत्री प्रियंकालाई निशाना बनाएकी थिइन् । त्यसबेला प्रियंकाले किसान आन्दोलनलाई सर्पोट गरकी थिइन् । प्रियंकाले दिलजित दोसांझको ट्विटलाई रिट्विट गरेकी थिइन् । उक्त ट्विटमा ‘किसान हाम्रा फूड सोल्जर हुन् । उनीहरुका मागलाई समयमै सम्बोधन गरिनुपर्ने’ लेखिएको थियो ।
इन्स्टाग्रामले डिलिट गर्यो कंगनाको पोस्ट
ट्विटरद्वारा कंगना रनावतको खाता निलम्बित
कंगना रनावत फेरि कानुनी विवादमा
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij