Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

नेपालगञ्जमा प्रादेशिक महोत्सव सुरु

नेपालगञ्जमा प्रादेशिक महोत्सव सुरु

  • 160
    SHARES
  • नेपालगञ्जमा प्रादेशिक महोत्सव सुरु

    बाँके । बाँकेको नेपालगञ्जमा आजदेखि सातौँ प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, व्यापार एवं पर्यटन महोत्सव सुरु भएको छ ।

    लघु तथा घरेलु उद्यमीले उत्पादन गरेका बस्तुको बजारीकरण तथा प्रवर्द्धनका लागि महोत्सव आयोजना गरिएको नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेका अध्यक्ष मधुकुमारी खड्काले बताए ।

    ‘लुम्बिनी प्रदेशको आर्थिक गतिविधिलाई चलायमान गराउन महोत्सवले सहयोग पुग्ने अपेक्षा गरेका छौँ’, उनले भने ।

    यही चैत १८ गतेसम्म सञ्चालन हुने उक्त महोत्सवमा दुई करोडको कारोबार तथा झण्डै दुई लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको महासंघका महासचिव जीआर भुसालले जानकारी दिए ।

    तराई क्षेत्रमा बढ्न थालेको गर्मीलाई मध्यनजर गर्दै महोत्सव हरेक दिन साँझ ८ बजेसम्म सञ्चालन हुने उनको भनाइ छ ।

    महोत्सवका लागि एक सय ७५ कक्ष बुक भइसकेको आयोजकले जनाएको छ । महोत्सवको लुम्बिनी प्रदेशका पूर्वमन्त्री कृष्णा केसीले  उद्घाटन गरेका हुन् ।

  • सम्बन्धित विषय:

  • # बाँके

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij