Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

कोशी, मधेस र बागमती प्रदेशमा वर्षाको सम्भावना

कोशी, मधेस र बागमती प्रदेशमा वर्षाको सम्भावना

  • 194
    SHARES
  • कोशी, मधेस र बागमती प्रदेशमा वर्षाको सम्भावना

    काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

    कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानका साथै अन्य प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र  चट्याङसहित सामान्य वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    आज देशभर आंशिकदेखि साधारणतया बदली रहनुका साथै कोशी, मधेस प्रदेशका केही स्थानमा  मेघगर्ज र चट्याङसहित हल्का वर्षा हुनेछ ।

    कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात भइरहेको महाशाखाले जनाएको छ ।

    राजधानी काठमाडौं उपत्यकामा बिहानैदेखि बदली रहेको छ । आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij