Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

नदीमा माछा मार्न गएका किशोर बेपत्ता

नदीमा माछा मार्न गएका किशोर बेपत्ता

  • 154
    SHARES
  • नदीमा माछा मार्न गएका किशोर बेपत्ता

    कालीकोट । कालीकोट जिल्लाको तिलागुफा नगरपालिका-६ मा तिला नदीमा माछा मार्न गएका किशोर बेपत्ता भएका छन् ।

    तिलागुफा नगरपालिका-६ स्थित तिला नदीमा माछा मार्ने क्रममा सोही ठाउँका अन्दाजी १५ वर्षीय गणेश शाही नदीमा बेपत्ता भएका हुन् ।

    उनीसँगै नदीमा माछा मार्न गएका साथीका अनुसार ढुंगामा चिप्लिएर गणेश बेपत्ता भएको खबर आएको तिलागुफा नगरपालिकाका प्रमुख शंकर उपाध्यायले बताए ।

    ‘तीर्थबहादुर शाहीका छोरा बेपत्ता भएको, उनको प्रहरी र स्थानीयले खोजी गरिरहेका छन्’, उनले भने, ‘घटना आज दिउँसो २ बजेतिर भएको हो ।’

    तिला नदीमा प्रहरी चौकी खल्ला र गाल्जेको टोली खटिएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । बेपत्ता किशोर कालिका माध्यामिक विद्यालय खल्लामा कक्षा-९ मा अध्ययनरत रहेको नगरप्रमुख उपाध्यायले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # बेपत्ता

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij