वेबटिभी खबर
अबुजा । नाइजेरियाको काडुना राज्यमा १ सय ४० विद्यार्थी सशस्त्र समूहको अपहरणमा परेका छन् । प्रहरीले घटनाबारे पुष्टि गर्दै देशको उत्तर पश्चिम क्षेत्र काडुनामा कम्तिमा उक्त संख्यामा विद्यार्थी अपहरणमा परेको बताएको छ । यसअघि आइतबार पनि जारियामा राष्ट्रिय क्षय रोग एवं कुष्ठ रोग केन्द्रबाट ८ जना अपहरण गरेका थिए ।
अस्पतालका एक कर्मचारीका अनुसार अपहृतमध्ये दुई नर्स र एक १२ महिनाका बच्चा पनि रहेका थिए । नाइजेरियामा पछिल्लो समय फिरौतीका लागि विद्यालय र विश्वविद्यालयका विद्यार्थीहरु अपहरण गर्ने घटना बढिरहेको छ ।
जारियाबाट करिब ८० किलोमिटर दक्षिणपश्चिम काडुना सहरनजिक एक विद्यालयका ती विद्यार्थी अपहरणमा परेका हुन् । बेथेल ब्यापटिस्ट विद्यालयबाट अपहरणमा भएकी १५ वर्षीया बालिकाकी आमाले बिबिसीलाई बताएअनुसार मोटरसाइकलमा आएका हतियारधारी व्यक्तिहरुले विद्यालय घेरा हालेर ढोका फुटाएर भित्र छिरेका थिए । उनीहरुले विद्यालयका सुरक्षाकर्मीलाई पनि आफ्नो नियन्त्रणमा लिए र छात्रावासमा रहेका बालबालिकालाई अपहरण गरेर जंगलतिर लगे ।
अपहरणमा परेकामध्ये केही भाग्न सफल भएका थिए । अपहृत बालबालिकालाई खोज्न सेना परिचालन गरिएको छ । सन् २०२० को डिसेम्बरदेखि अहिलेसम्म २ हजार व्यक्ति अपहरणमा परिसकेका छन्, ९ जनाको हत्या भएको छ । २ सयबढी विद्यार्थी अझै बेपत्ता छन्, यीमध्ये केहीको उमेर ३ वर्ष छ ।
नाइजेरियामा प्रहरी अधिकारीको हत्या गरेर विद्यालयबाट ८० विद्यार्थी अपहरण
विमान दुर्घटनामा नाइजेरियाका सेना प्रमुखसहित ११ को मृत्यु
नाइजेरियामा अपहरणमा परेका २७९ विद्यार्थी रिहा
नाइजेरियाको विद्यालयमा आक्रमण, ३०० भन्दा बढी विद्यार्थीको अपहरण
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij