Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

हुरीबतास र असिना पानीले गहुँबाली क्षति

हुरीबतास र असिना पानीले गहुँबाली क्षति

  • 147
    SHARES
  • हुरीबतास र असिना पानीले गहुँबाली क्षति

    महोत्तरी । असिना पानी र हुरीबतास लागेपछि पाक्नै लागेको बालीमा क्षति पुगेको छ ।

    आज बिहान परेको असिनापानी र हुरीबतासले महोत्तरीको दक्षिणपश्चिमी भेगमा गहुँ, जौ, अरहर (रहरी) र वैशाखी तरकारी बालीमा नोक्सान गरेको हो ।

    जिल्लाका भारतीय सीमावर्ती सोनमा, सम्सी, मनराशिवा, गौशाला, औरही, रामगोपालपुर र बलवासहितका स्थानीयतहका बस्तीमा हुरीबताससँगै असिनापानी परेको थियो । दुई/चार दिनभित्रै काट्ने तयारीमा रहेको गहुँबाली असिनाले चुटेर खेतमै लडाएको रामगोपालपुर–३ का मोहम्मद कादिर हुसैनले बताए ।

    असिनापानीले गहुँबालीमा सबैभन्दा बढी क्षति पुगेको छ । यसैगरी जौ, मुसुरो, चना र रहरी असिनाले चुटेर झारेको किसानको भनाइ छ । फर्सी, लौका र घिरौँलाजस्ता लहरे तरकारीमा क्षति पुगेको सोनमा गाउँपालिकाको खैरवनीका रामप्रताप यादवले जानकारी दिए ।

    असिनापानी र हुरीबतासले भङ्गाहा र एकडाराको पश्चिमतर्फको भेगमा पनि क्षति पुर्‍याएको छ । महोत्तरीमा पाँच दिनयता पानी परिहेको छ । लामो समयपछि पानी पर्दा बालीनालीलाई राहत मिलेको भए पनि असिनापानी र हुरीबतासले किसानलाई ठूलो क्षति पुर्‍याएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij