Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

तनहुँ र चितवनलाई जोड्ने ठिमुरामा पक्की पुल

तनहुँ र चितवनलाई जोड्ने ठिमुरामा पक्की पुल

  • 129
    SHARES
  • तनहुँ र चितवनलाई जोड्ने ठिमुरामा पक्की पुल

    तनहुँ । तनहुँको देवघाट गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने त्रिशूली नदीमा २१ करोड ६८ लाख ४८ हजारको लागतमा पक्की पुल निर्माण  भएको छ ।

    तनहुँको देवघाट गाउँपालिका-५ घिनाटार र भरतपुर महानगरपालिका-१ ठिमुरा जोड्ने उक्त पुल सञ्चालन पनि सञ्चालन भइसकेको छ ।

    देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले पुलको औपचारिक उद्घाटनको योजना रहेको बताएका छन् ।

    पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष टंकनाथ पौडेलले यही चैत १७ गते शनिबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उक्त पुल उद्घाटनका निम्ति अनुरोध गर्ने निर्णय भएको जानकारी दिए ।

    उद्घाटनका निम्ति राष्ट्रपतिलाई आमन्त्रण गरिएको सन्दर्भमा आज तनहुँ र चितवनका प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा प्रमुखहरुको बैठक हुने उनले बताए । विसंं २०७१ कात्तिक २० गते पुल निर्माण थालिएको थियो ।

  • सम्बन्धित विषय:

  • # तनहुँ

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij